काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१ अंकमा कायम भएको छ।
बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर रहेको छ।
सबै समूहगत सूचक बढे
शुक्रबार सबै समूहगत सूचक सकारात्मक रहे। बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, जलविद्युत् समूह ०.७४ प्रतिशत र विकास बैंक समूह ०.६१ प्रतिशतले बढेका छन्।
त्यस्तै, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत र अन्य समूह ०.२८ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन्।
कुन कम्पनीको मूल्य बढ्यो, कुनको घट्यो?
शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक ४.२२ प्रतिशत, सोलु हाइड्रोपावर ४.०५ प्रतिशत र सान्भी इनर्जी ३.८६ प्रतिशतले बढेका छन्।
यता, रिजलाइन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले घटेको छ।
कारोबारमा अगाडि रहेका कम्पनी
शुक्रबार कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।







