काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ। गत साताको सोमबारदेखि बढिरहेको नेप्सेले आज पनि निरन्तरता दिएको हो।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत बिहीबार चार अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आइतबार ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको एक करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ३६ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। अपि पावर कम्पनीको ३३ करोड र मञ्जुश्री फाइनान्सको २८ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

ADVERTISEMENT

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशत बढेको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT