काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । तीन कारोबार दिनको गिरावटपछि नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६५ अंक बढेर २८७५.५५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक बढेको छ।

आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२५ स्टकको दुई करोड ७१ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५.७३ प्रतिशत बढेको छ। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब ५ प्रतिशत बढेको छ।

ADVERTISEMENT

पछिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको ट्रेड टावरको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ ८० पैसा घटेर एक हजार ३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

ADVERTISEMENT

हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५५ करोड ९६ लाख, शिवम् सिमेन्ट्सको साढे ४३ करोड, हिमालयन डिष्टिलरीको कारोबार साढे ३७ करोड नाघेको छ।