काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०३ अंक बढेर २७६२.७४ विन्दुमा पुगेको छ।

पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आ भने बढेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.७४ अंक र फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।

३२६ स्टकको ६८ हजार ७७५ पटकको कारोबारमा पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको एक करोड १४ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत बढेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ४ प्रतिशत बढेको छ ।

ADVERTISEMENT

आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको २८ करोड ८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एभरेष्ट बैंकको करिब साढे २४ करोड, हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ।

ADVERTISEMENT