काठमाडौँ, २०७९ असार २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण भएको क्षतिका आधारमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हालसम्म ११ वटा बीमा कम्पनीमा जम्मा ८४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी दर्ता भएको बताएको छ ।

सबैभन्दा धेरै बीमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा ५५ करोड रुपैयाँ बराबरको परेको छ। त्यसपछि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२ वटा दाबी गरी १६ करोड ८५ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख रुपैयाँ, र नेपाल इन्स्योरेन्समा १२ वटा दाबीमार्फत १ करोड २८ लाख रुपैयाँ बराबरको दाबी परेका छन्।

ADVERTISEMENT

अन्य बीमा कम्पनीहरूमा पनि विभिन्न संख्यामा दाबीहरू परेका छन्, जसमध्ये युनाइटेड अजोडमा ९ लाख १० हजार, आईजिआई प्रूडेन्सियलमा ७ लाख ५५ हजार, सानिमा जिआईसीमा ७ लाख ५० हजार, एनएलजीमा ४ लाख ७० हजार, सिद्धार्थ प्रिमियरमा ३ लाख १० हजार, र प्रभु इन्स्योरेन्समा २ लाख ८० हजार रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको जनाइएको छ ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई क्षतिपीडितहरूलाई यथासक्य चाँडो दाबी भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

ADVERTISEMENT