काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ।
हाइड्रोपावरको जालीभित्र शव देखिएको उद्धारकर्मीहरूले बताएका छन् । सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतका अनुसार त्यहाँ ५ जनाको शव देखिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले खोज तथा उद्धारको दौरानमा माथिल्लो त्रिशूली–१ मा फेला परेको मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको जानकारी दिएको छ।
आयोजनाको टनेलमा जालीभित्र शव देखिएको र जाली काटेर निकाल्नुपर्ने अवस्था रहेको रसुवाका डीएसपी अशोक थापाले बताए । उनले भने, ‘हाम्रो टोली पनि त्यहाँ पुगेको छ, जाली काटेर निकाल्नुपर्ने अवस्थामा शवहरू देखिएको छ।’
३३२ जना सम्पर्कविहीन भएको सो आयोजनाको टनेलबाट १ जनाको जीवित उद्धार गरिएको थियो । उद्धारकर्मीहरूले भदौ २० मा सुरुङको २२५ मिटर भित्रबाट चिनियाँ नागरिक लुआइतोकाे उद्धार गरेका थिए।






