काठमाडौं । कीर्तिपुर नगरपालिका– ३ सागलस्थित सस:त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैँकबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार प्रभु बैँकका तर्फबाट सेन्ट्रल बिजनेस ब्युरो प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस :त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि सस: त्वा हस्पिटालिटीमा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।

ADVERTISEMENT

सम्झौताअनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । सस: त्वाको सेवा तथा सुबिधा प्राप्त गर्न बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।

ADVERTISEMENT

बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३६ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

 

ADVERTISEMENT