काठमाडौं । भोटेकोसी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन्।
शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको जानकारी दिए।
यस्तै, अस्पतालमा ल्याएका घाइतेमध्ये आठ जनाको उपचार भइरहेको छ। डा सेढाइँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको छ।
यस्तै, चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाइँले बताए। अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।





