काठमाडौं । विभिन्न बैंक तथा बीमा कम्पनीका संस्थापकहरूले धमाधम सेयर बिक्री गर्न थालेका छन् । नौवटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनीहरू बाहिरिन लागेका हुन् ।
एनएमबि बैंकका संस्थापक सेयरधनीले पाँच लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सानिमा बैंकका संस्थापक सेयरधनी खेमराज लामिछानेले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयरमा न्यूनतम् ५० हजार कित्ता आवेदन दिनुपर्नेछ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी गौरी श्रेष्ठले आफ्नो नाममा रहेको १ लाख १२ हजार २४० कित्ता सेयर बिक्रीमा रोखका छन् । गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी देवराज राईले ४ हजार ९९९ कित्ता, बाबुराम थापाले ८९ कित्ता, जितेन्द्र थापा मगरले ४ हजार ४६ कित्ता, मिन तामाङ्गले ३ हजार ५१९ कित्ता र अम्बिका मोहन जोशीले १२ हजार २९ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले १ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । साथै, जीवन विकास लघुवित्तका संस्थापक सेयरधनी निरज पोख्रेलले आफ्नो नाममा रहेको ८ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरधनी कृष्ण कुमार भट्टराईले आफ्नो नाममा रहेको एक लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २८० सय रुपैयाँ तोकिएको छ । एनएमबि बैंकबाहेक कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउँछन् ।








