काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । नेप्सेमा कुल ३२० कम्पनीको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार ११ अर्ब ४९ करोड बराबरको कारोबार भएको थियो ।

ADVERTISEMENT

आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, साइप्यानल नेपालको ५२ करोड, युनाइटेड मोदी होड्रोपावरको ४६ करोड, युनियन हाइड्रोपावरको ४४ करोड, राधी हाइड्रोको ४० करोडभन्दा बढीको कारोबार भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

ADVERTISEMENT