काठमाडौँ। सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएपछि स्टक ब्रोकर एसोसिएसनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव प्रस्तुत गरेको छ।

नयाँ सरकार गठनपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। सरकार गठनअघि करिब २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ। यद्यपि एसोसिएसनले सोमबार अर्थमन्त्रीलाइ भेट गरेपछि भने बजारमा ८३ अंकको राम्रो सुधार देखिएको छ। यो सुधार कायम रहन्छ वा बजार फेरी झर्छ यसै भन्न सकिने स्थिति नरहेको विज्ञहरु बताउछन् 

सोमबार बिहान भएको भेटवार्ताका क्रममा संघले बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पूँजी बजारमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। हाल बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था रहेको छ।

ADVERTISEMENT

यससँगै संघले पूँजीबजार सुधार कार्यदलका बाँकी सुझाव तत्काल कार्यान्वयन गर्न, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज कारोबारको व्यवस्था गर्न, पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा स्पष्ट गर्न, अक्सन मार्केट सुरु गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड कार्यान्वयनमा ल्याउन माग गरेको छ।

ADVERTISEMENT

संघका अनुसार यी सुधारहरू कार्यान्वयन भए पूँजीबजारमा लगानीकर्ताको विश्वास र मनोबल पुनः मजबुत बन्ने अपेक्षा गरिएको छ।