काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।

भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोड सहित आगजनी गरिएको थियो ।

हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरुमा सरसफाई लगायत रङरोगन काम सुरु भएको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यलय रंगरोगन गरेर कालो हटाउन निर्देशन दिएकाले पनि काम सुरु भएको हो ।

आन्दोलनका क्रममा अर्थमन्त्रालयमा ३६ वटा साना गाडि र ५४ वटा मोटरसाइकल र स्कुटर जलेर नष्ट भएका छन । बजेट महाशाखाको टहरो समेत जलेर नष्ट भएको अर्थमन्त्रालयले जनाएको छ ।