काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीका मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर तीन लाख एक हजार नौ सय रुपैयाँ पुगेको थियो।
आज चाँदीको भाउ पनि उच्च अंकले घटेको छ। प्रतितोला १८५ रुपैयाँ घटेर चाँदीको भाउ चार हजार ७४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। मंगलबार चाँदीको भाउ २० रुपैयाँ बढेर चार हजार ९२५ रुपैयाँ पुगेको थियो।
गत माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते नै चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।








