काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा सरकारको कुल खर्च साढे ४ खर्ब बढी रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ कोचौथो महिनासम्ममा नेपाल सरकारको कुल खच ४ खर्ब ६८ अर्ब ८८ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड, पँुजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च १ अर्ब २२ अर्ब ५८ करोड रहेको छ ।
समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड, पुँजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च १ अर्ब २२ अर्ब ५८ करोड रहेको छ । ३४ समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ३ खर्ब २६ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु। ३०६ अर्ब ८९ करोड र गैरकर राजस्व १९ अर्ब ६६ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात २०८२ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २ अर्ब ९७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।





