काठमाडौं । जेनजी आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गत मंगलबारयता बन्द रहेको सेयर कारोबार असोज १ (बुधबार) देखि खुल्ने भएको छ ।

सेयर बजार खुलाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बोर्डमा पत्र पठाएको छ। नेप्सेका सीईओ चुणामणि चापागाईंले बुधबारबाट कारोबार खुलाउने तयारी गरिएको जानकारी दिएका छन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने भन्दै यसअघि सूचना जारी भएको थियो।

ADVERTISEMENT

पछिल्लो समय नयाँ सरकार बनेर सबै कुरा सामान्य हुन थालेसँगै सेयर बजार खुलाउन लागिएको हो। अधिकांश सरकारी कार्यालय जलाइए पनि आन्दोलनकारीले बोर्ड र नेप्सेमा आक्रमण गरेनन् । आन्दोलनकारीको निसानामा निजी व्यक्तिका घर, होटेल, केबुल कार, उ्रद्योग परेका छन् ।

ADVERTISEMENT

सेयर बजार बन्द हुँदा धेरैलाई दशैं कसरी चलाउने भन्ने समस्या भएको थियो । तर अब असोज १ देखि खुल्ने भएपछि सेयर कारोबारीसँगै सर्वसाधारण पनि खुसी भएका छन् ।