काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए।

ADVERTISEMENT

मन्त्रिपरिषद् विस्तारसँगै अर्याललाई गृहका अतिरिक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

सपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थिति रहे । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका उनी मन्त्रीहरूको सपथमा भने सहभागी भए।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबाहेक अन्य राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति आजको समारोहमा देखिएन।

ADVERTISEMENT