काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आउँदो असोज २ गतेसम्म बन्द हुने भएको छ ।
नेप्सेले शुक्रबार सूचना निकालेर नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार आउँदो आइतवार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी गराएको हो ।
परिस्थिति सामान्य बनेमा बडादशैँको घटनास्थापनाको अघिल्लो दिन असोज ५ गते आइतवार शेयर बजार खुल्नेछ । जेनजी प्रदर्शनका कारण शेयर बजार गएको भदौ २४ गतेदेखि बन्द छ ।






