काठमाडौँ । ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ।बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले शुक्रबार निर्माणस्थलमा पूजाआजा गर्दै भवन निर्माणको शुभारम्भ गरेका हुन्।

बैंकका अनुसार नयाँ भवनलाई आधुनिक प्रविधि र सुविधासहित निर्माण गर्ने योजना छ। यसले बैंकको आन्तरिक कार्यसञ्चालनलाई व्यवस्थित बनाउनुका साथै ग्राहकलाई प्रदान गरिने सेवामा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रकै ठूलो र सुविधासम्पन्न संरचनामध्ये एक बनाउने लक्ष्य राखिएको भवनको निर्माण सम्पन्न हुने समय र विस्तृत डिजाइनबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

 

ADVERTISEMENT