काठमाडौं । जेनजीको आक्रमणबाट कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती घाइते भएका छन् । बुढानिलकण्ठस्थित निवासमा देउवा दम्पतीलाई रगताम्मे अवस्थामा उनीहरूको उद्धार गरिएको हो ।
प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् । दउवाको निधारबाट रगत बगेको देख्न सकिन्छ । उनीहरुले देउवाको बुढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।
भिडियोमा देउवालाई हामीले आक्रमण गरेको कुरा सुन्न सकिन्छ ।
उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवनलगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै, पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।








