काठमाडौं देशव्यापी आक्रोशबीच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौंस्थित निजी निवासमा आगजनी भएको छ। घटनापछि घर वरिपरिको क्षेत्र कालो धुवाले ढाकेको प्रत्यक्षदर्शीले बताएका छन्।

आगो कसरी लाग्यो भन्ने विषयमा प्रष्ट विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। तर, प्रदर्शनकारीहरूले तोडफोडपछि आगजनी गरेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

ADVERTISEMENT

देउवाको घरमा आगजनीसँगै ठूलो संख्यामा प्रहरी र अग्निनियन्त्रक परिचालन गरिएको छ। यद्यपि कति क्षति भएको हो भन्ने आधिकारिक विवरण आउन बाँकी छ।

यस घटनाले देशको राजनीतिक संकट झनै गहिरिएको विश्लेषकहरू बताउँछन्। जेन जी आन्दोलनसँगै फैलिएको जनआक्रोश अब सत्तारूढ दलका शीर्ष नेताहरूको निवासमै केन्द्रित हुन थालेको देखिएको छ।