काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति सिंगापुर जाँदैछन् । देउवा आज राति ९ बजे पत्नी आरजु राणासहित सिंगापुर जान लागेका हुन् । दुवैजना थप उपचारका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो। सुरक्षाकर्मीले तत्काल उद्धार गरी दुवैलाई सेनाको सैनिक अस्पताल, छाउनीमा उपचारका लागि पुर्‍याएको थियो।

ADVERTISEMENT

आक्रमणको ३४ दिनपछि देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा सार्वजनिक रूपमा देखिएका थिए। सोही अवसरमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

ADVERTISEMENT

पार्टी स्रोतका अनुसार देउवाको स्वास्थ्यमा सुधार भए पनि चिकित्सकको सिफारिसअनुसार सिंगापुरमा थप परीक्षण र उपचारका लागि जाने निर्णय गरिएको हो। उपचार गरेपछि देउवा दम्पती स्वदेश फर्किने भएका छन् । देउवा दम्पती अस्पतालमा उपचाररत अवस्थामै पासपोर्ट बनाइएको थियो ।

आन्दोलनका बेला देउवा निवासमा पैसाको थुप्रो जलेको भन्दै भिडियो क्लिप्स सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ ।

ADVERTISEMENT