काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठकमा देउवा भने नजाने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले बैठक चलाउने भएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलोपटक देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर उनका स्वकीय सचिव भानु देउवाले बैठकमा सभापति नजाने जानकारी दिए।

ADVERTISEMENT

जेनजी विद्रोहका क्रममा कुटपिटमा परेका देउवाले पार्टीबाट सम्मानजनक बहिर्गमन चाहेका छन्। देउवाले पदाधिकारी बैठकबाट नेताहरुको मोटामोटी धारणा जान्न चाहेका छन् । अस्पतालबाट दसैँअघि नै डिस्चार्ज भएका देउवा महाराजगन्जस्थित एक घरमा भाडामा बसेका छन् ।

ADVERTISEMENT

बैठकस्थलबारे अहिलेसम्म कसैलाई जानकारी गराइएको छैन । ललितपुरको कुनै एक होटलमा पदाधिकारी बैठक बस्ने भएको छ । तर असोज २६ को केन्द्रीय समिति बैठक भने कांग्रेस केन्द्रीय कार्यालयमै बस्ने नेताहरुको भनाइ छ ।

ADVERTISEMENT