काठमाडौं — सोमबारको आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि देशभर प्रदर्शन अझ उग्र बनेको छ। यही क्रममा आज सुदूरपश्चिम प्रदेशको राजधानीमा जेनजी पुस्ताका प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयमै प्रवेश गरेका छन्।

आन्दोलनकारीहरूले भ्रष्टाचार, दमन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धका विरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्। सोमबारको हिंसात्मक घटनापछि मुलुकभर आक्रोश चुलिँदै गएको छ भने सरकारको कडा आलोचना भइरहेको छ।

स्रोतका अनुसार, आज बिहानैदेखि तैनाथ गरिएको सुरक्षा व्यवस्थालाई तोड्दै जेनजी प्रदर्शनकारीहरू मुख्यमन्त्री कार्यालयभित्र छिरेका हुन्। कार्यालय वरिपरि अझै ठूलो संख्यामा युवाहरूको उपस्थिति रहेको बताइन्छ।

ADVERTISEMENT

यसअघि काठमाडौंमा संसद् भवन घेर्ने प्रयास, प्रहरीद्वारा गोली प्रहार, र विभिन्न सहरमा आगजनी तथा तोडफोडसँगै आन्दोलन देशव्यापी बन्दै गएको छ। सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भइरहेका घटनाले राजनीतिक अस्थिरता थप गहिरिएको छ।

ADVERTISEMENT