काठमाडौं । राजधानीको नयाँबानेश्वर क्षेत्रमा जेनजी (Gen Z) को प्रदर्शन उग्र बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
काठमाडौं प्रशासनले आइतबार दिउँसो साढे १२ बजेबाट राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू गर्ने निर्णय गरेको हो। आदेशअनुसार सो अवधिभर बानेश्वर क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस वा गतिविधि निषेध गरिएको छ।
जेनजीहरूको प्रदर्शन संसद भवनतर्फ उग्र रूपमा अघि बढेपछि अवस्था नियन्त्रणबाहिर जाने सम्भावना देखिएको भन्दै सुरक्षा व्यवस्थालाई कडा पार्न कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ।
यसअघि संसद भवन परिसरमा प्रहरी र प्रदर्शनकारीबीच तीव्र धक्का-मुक्की र असुर ग्यास प्रहारसमेत भएको थियो। अहिले सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको निगरानीमा छ।












