काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपालमा पनि त्यसको असर परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य प्रतितोला १५ ले बढेर दुई हजार ४८५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।