काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भ्रमणको दोस्रो दिन सोमबार उच्चस्तरीय भेटवार्ता र महत्त्वपूर्ण कूटनीतिक कार्यक्रमहरू हुँदैछन् ।

सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे उनी राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् ।

ADVERTISEMENT

भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तापछि दिउँसो १२ः२५ बजे सोही स्थानमा दुई देशबीच भएका समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

दिनभरका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका हुन् । भ्रमणको पहिलो दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।