काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुगेका छन्। उनी आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहको बसाइ नयाँ दिल्लीस्थित ताज होटलमा तय गरिएको छ। उनले आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट प्रधानमन्त्री बसेकै ताज होटलमा हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्तामा व्यस्त हुनेछन्।












