काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको देउवा पक्षले अहिलेसम्म ५२ जिल्लाका १५० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेको दाबी गरेको हो । अब १५ निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन हुन बाँकी रहेको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

ADVERTISEMENT

महाधिवेशन आयोजक समिति सचिवालयका संयोजक दीपक कुईंकेलका अनुसार अधिवेशन सम्पन्न भएका जिल्लामा प्रदेश अधिवेशनको तयारीसमेत अघि बढाइएको छ ।

ADVERTISEMENT

देउवा पक्षले आगामी मंसिर ५ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी रहेको कुईंकेलले जानकारी दिएका छन् ।