काठमाडौं । तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य चौथो दिन पनि घटेको छ । बुधबार सुनको भाउ प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार यसको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ थियो ।

ADVERTISEMENT

तिहारका लागि सुनचाँदीको कारोबार बन्द हुनुअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो । त्यसपछि कात्तिक २७ गते कारोबार खुल्दा एकैपटक १२ हजार ६०० रुपैयाँ घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

ADVERTISEMENT

त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । बुधबारसम्म आइपुग्दा तिहारअघिको मूल्यको तुलनामा सुन प्रतितोला २३ हजार ४०० रुपैयाँले सस्तिएको छ ।