काठमाडौँ । तिहार बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेर २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । तिहारअघि १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो ।

ADVERTISEMENT

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ थियो ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव र गिरावटको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।