काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार रुस प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान रुसतर्फ लागेका हुन् ।

ADVERTISEMENT

प्रचण्ड बिहान ९:२० बजे काठमाडौँ–दुबई उडानमार्फत मस्को प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन् ।

ADVERTISEMENT

सम्मेलनमा सहभागिता जनाएर प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ ।