काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको छ।
मंगलबार पनि नेप्से परिसूचक घटेको थियो। सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन्। बजार बढ्ने प्रतीक्षामा रहेका लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्।
बुधबार ३११ स्क्रिप्सको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा केही वृद्धि भएको छ।
मोदी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। तेह्रथुम पावरको ९.७७ प्रतिशतले बढ्दा पञ्चकन्या माइ हाइड्रोपावरको सेयर ७.७७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा बुटवल पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड ९४ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।







