काठमाडौं । ओमानमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपाली युवा टोलीले पहिलो खेलमै भारतसँग १० विकेटको हार व्यहोरेको छ।

शुक्रबार भएको खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो।

ADVERTISEMENT

भारतका लक्ष्य राइचन्दनीले ५२ र आर्याविर सेवाङले ७० रन बनाए। उनीहरूले पहिलो विकेटका लागि १२९ रनको अविजित साझेदारी गर्दै भारतलाई सहज जित दिलाए।

ADVERTISEMENT

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा १२८ रनमा अलआउट भएको थियो। नेपालका लागि दर्श सोनारले सर्वाधिक ४८ रन बनाए भने आशिष लुहारले २९ र निरजकुमार यादवले २० रन जोडे।

आशिष र दर्शले पाँचौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए।

भारतका इशान सृुदले १८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। भुटकुरी याशविर गौडले दुई तथा काभ्या परेस पटेल र मनाल चौहानले समान एक विकेट लिए।

नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।