काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

बुधबार सरकारले आफूलाई आईजीपीबाट हटाएर डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्की रिट लिएर सर्वोच्च पुगेका हुन्।तर, सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै बुधबार दर्ता नगरेको कार्कीनिकट अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिएका छन्।

ADVERTISEMENT

कुँवरका अनुसार रिट दर्ताका लागि कानुनी तथा प्रशासनिक अध्ययन भइरहेको छ। शुक्रबारसम्म रिट दर्ता भए पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने सम्भावना छ। यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोज केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

ADVERTISEMENT

सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेपछि प्रहरी नेतृत्व परिवर्तनको विवाद अब न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। सर्वोच्च अदालतले रिट दर्ता गर्ने वा नगर्ने र त्यसपछि दिने आदेशले नयाँ प्रहरी नेतृत्वको कानुनी अवस्थाबारे थप स्पष्ट पार्नेछ।