काठमाडौँ। चाडपर्वमा नागरिकको सुरक्षा र मुलुकको समग्र शान्ति–सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।










