काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो कुनै आर्थिक लेनदेन वा अनुचित संलग्नता नरहेको स्पष्ट पारेका छन्।

बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोबारे भिडियो सन्देश जारी गर्दै थापाले आफू कमजोर नैतिक धरातलमा नरहेको र आफ्ना हात सफा रहेको बताएका हुन्।

ADVERTISEMENT

‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भने।

ADVERTISEMENT

उनले पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबीसमेत गरे। ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन,’ थापाले स्पष्ट पारे।

उनले यस विषयमा गलत प्रश्न आफूलाई नभई सम्बन्धित व्यक्तिलाई सोध्न आग्रह गर्दै समर्थकहरूलाई आफ्नो पक्षमा ढुक्क भएर बोल्नसमेत अपिल गरेका छन्।