काठमाडौँ । चालुु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिनामा आयात निर्यात दुवै बढेको छ ।
भन्सार विभागले शुुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको हो । साउन महिनामा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्र्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको आयात भएको थियो ।
यस्तै साउन महिनामा निर्यात झन्डै दोव्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुुगेको छ । गत वर्ष सो अवधिमा निर्यात १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । साउन महिनामा समग्र वैदेशिक व्यापार १८.७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपियाँ पुुगेको छ ।
निर्यातमा उल्लेख्य सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार व्यापार घाटा भने बढेको छ । गत वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपियाँ रहेको व्यापार घाटा रहेकोमा वर्ष २.५५ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपियाँ पुगेको छ ।
चीनसँगको मुुख्य व्यापारिक नाका रसुवा असार २४ देखि बन्दर रहेको र सिन्धुपाल्चोकको तातोपानी नाका साउनमा तीन साता बन्द भएको थियो ।







