काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । ओमानको अल अमेरातमा आयोजना हुने प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालले समूह चरणमा भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

ADVERTISEMENT

नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ । त्यसपछि कात्तिक २२ गते यूएई र कात्तिक २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

ADVERTISEMENT

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन् ।

प्रतियोगिताको उद्घाटन दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मलेसिया र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ११ बजे सुरु हुने तालिका छ ।

नेपालको खेल तालिका :

  • कात्तिक २० : नेपाल विरुद्ध भारत

  • कात्तिक २२ : नेपाल विरुद्ध यूएई

  • कात्तिक २४ : नेपाल विरुद्ध पाकिस्तान