काठमाडौं, कात्तिक १८ । नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुदन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाउँदै केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। कार्यकाल बाँकी रहँदै प्रहरी नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले भने कानुनी तथा राजनीतिक बहस सिर्जना गरेको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT