काठमाडौं। गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरेको छ । प्रहरी प्रधान कार्यालय अनुसार एसएसपी रमेश थापालाई काठमाडौँको सुरक्षा नेतृत्व दिएर पठाइएको हो ।
यस्तै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
अधिकारी २०८१ माघ १५ मा काठमाडौं आएका थिए । रमेश थापा प्रहरी भित्र व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन् । उनले एसपी हुँदा कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।
काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् ।





