काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम थियो।

ADVERTISEMENT

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २०० रुपैयाँले घटेर ३ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

ADVERTISEMENT

आइतबार सुन र चाँदी दुवैको मूल्य घटेसँगै नेपाली बजारमा बहुमूल्य धातुको भाउमा गिरावट आएको छ।