काठमाडौं । काभ्रे र ललितपुरका तीन खोलाले सतर्कता तह पार गरेका छन्। काभ्रेस्थित रोशी र पनौती खोला तथा ललितपुरस्थित कोड्कु खोलामा पानीको सतह बढेर सतर्कता तह नाघेको हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ११ बजेर ५० मिनेटमा काभ्रेको रोशी र पनौती खोलामा पानीको सतहले सतर्कता तह पार गरेको थियो।
त्यस्तै, ललितपुरको झरुवारासीस्थित कोड्कु खोलामा पनि सतर्कता तह पार भएको महाशाखाले जनाएको छ।
तीनवटै खोलामा पानीको सतह बढ्ने क्रममा रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्नेहरूलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।










