काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। लामिछाने बिहीबार सभामुख अर्याललाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्ष पुगेका हुन्।

सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा जनाएको छ।

ADVERTISEMENT

यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच करिब चार घण्टा लामो भेट भएको थियो। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न पुगेका हुन्।

ADVERTISEMENT

सभामुख र लामिछानेबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।