काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका डेभिड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्।विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गरिरहेका मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले यो समाचार तयार पार्दासम्म १२ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ।






