काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्ग्सविरुद्धको खेलमा चितवन राइनोजले कप्तान परिवर्तन गरेको छ। यसअघिका खेलमा कुशल मल्लले नेतृत्व गर्दै आएको चितवनको कप्तानी यस खेलमा रवि बोपाराले सम्हालेका छन्।

आजको खेलमा कुशल प्लेइङ–११ मा परेका छैनन्। विराटनगर किङ्ग्सको कप्तानी भने सन्दीप लामिछानेले गरिरहेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको विराटनगरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा टस हारेको उल्लेख गर्दै यस खेलमा राम्रो स्कोर बनाएर त्यसको बचाउ गर्ने बताए। एनपीएलको तेस्रो संस्करणमा विराटनगर र चितवन दुवै टोलीले आज पहिलो खेल खेल्दैछन्।

ADVERTISEMENT

 

ADVERTISEMENT