काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जित्दै चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन्। एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन्।

ADVERTISEMENT

 

ADVERTISEMENT