काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै चाडपर्वको अवसरमा ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ।
यस सहकार्यअन्तर्गत ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा सामसङले उपलब्ध गराउँदै आएको चाडपर्वको छुटमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्।
यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्।ग्राहकले पाउने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत हुनेछ। यस्तो छुट ग्राहकले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर रहने एनसेलले जनाएको छ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिक रूप दिइएको हो। दुवै कम्पनीले यस सहकार्यबाट ग्राहकलाई थप लाभ प्रदान गर्नुका साथै सेवा तथा उपभोक्ता अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउने विश्वास व्यक्त गरेका छन्।

यो अफर असोज २२ देखि कात्तिक ३० सम्म लागू हुनेछ। दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाबाट योग्य ग्राहकले लाभ लिन सक्नेछन्।
छुट प्राप्त गर्न ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। त्यसपछि नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमा पुगेर छुट लिन सक्नेछन्।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले कम्पनीले कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राखेको बताए। सामसङसँगको सहकार्यले विश्वासिलो ब्रान्डका घरायसी उपकरण खरिद गर्दा ग्राहकलाई अतिरिक्त छुट उपलब्ध गराउने र चाडपर्वको खुसी थप बढाउने उनको भनाइ छ।
यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ।









