काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

ADVERTISEMENT

आज दिउँसो कोशी प्रदेशका सबै भूभागसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। तराईका भूभागमा भने आंशिक बादल रहने अनुमान छ।

ADVERTISEMENT

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईमा पनि केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

आज राति पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT