काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक दिउँसो सवा १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची रहेको छ।
जलवायु परिवर्तनको प्रभाव र विपद्बाट प्रभावित क्षेत्रको अवस्थाबारे समितिले गरेको अनुगमनका निष्कर्ष तथा त्यससँग सम्बन्धित विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।






