काठमाडौं । वडा दसैं नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने नागरिकको संख्या बढेसँगै नयाँ बसपार्कमा सार्वजनिक सवारी साधन चढ्ने यात्रुको भीड देखिन थालेको हो। काठमाडौंमा रहेका नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्।
विशेषगरी लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्। दसैंको मुख्य समयमा यात्रुको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाइएको छ। अग्रिम टिकट बुकिङ खुलेपछि घर फर्किने यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएका छन्।









